देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १ मंसिर : 

देशभर पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १ हजार २ सय ५२ जनाको नमूना परीक्षण गरिएको थियो ।

७ सय ७ जनाको पीसीआर र ५ सय ४५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहिबार २६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४ सय ५३ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

संबन्धित शिर्षकहरु

एनपीएलमा आज दुई खेल, जनकपुर–काठमाडौं र कर्णाली–विराटनगर भिड्दै

तिहारमा काठमाण्डौ उपत्यकामा ५२ लाख माला खपत हुने अनुमान

आज सुनचाँदीको भाउ बढ्यो