देशभर थप ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३ मंसिर :

देशभर थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३२२ जनाको नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थिएन । शनिबार १५ जना कोरोनाको संक्रमणबाट मुक्त भएको छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु भएको छैन । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४३२ रहेको छ ।

संबन्धित शिर्षकहरु

एनपीएलमा आज दुई खेल, जनकपुर–काठमाडौं र कर्णाली–विराटनगर भिड्दै

तिहारमा काठमाण्डौ उपत्यकामा ५२ लाख माला खपत हुने अनुमान

आज सुनचाँदीको भाउ बढ्यो