मकवानपुर निर्वाचन क्षेत्र नं १ मा राप्रपाका सिंह विजयी

मकवानपुर, ८ मंसिर :

मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपकबहादुर सिंह २७ हजार आठ सय १६ मत प्राप्त गरी विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’भन्दा दुई हजार तीन सय ९३ बढी मत प्राप्त गरी राप्रपाका उम्मेदवार सिंह विजयी हुनुभएको हो ।

नेपाली कांग्रेसकी उम्मेदवार उपाध्यायले २५ हजार चार सय २३ मत प्राप्त गर्दा प्रतिनिधिसभातर्फ नेकपा (एमाले)को चुनाव चिह्न सूर्यबाट निर्वाचनमा भाग लिएका कमल थापाले २५ हजार चार सय २० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सो निर्वाचन क्षेत्रमा ९१ हजार एक सय १५ मत खसेको थियो । (रासस)

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव