राष्ट्रिय स्वतन्त्र पार्टीको भरतपुर महानगर कार्यालयमा आगजनी

भरतपुर, ११ मङ्सिर ।
रास्वपाको भरतपुर ११ स्थित महानगर पार्टी कार्यालयमा आगजनी भएको छ । शनिबार बिहान ९ बजे घटना भएको थाहा हुन आएपनी कतिबेला र कसरी घटना घट्यो भन्ने यकिन नभएको पार्टीका महानगर सभापती सीता ज्ञवालीले जानकारी दिइन् ।

शनिबार सरसफाई गर्न भनी बिहान ९ बजे कार्यालयको सटर खोल्दा मात्र आगलागी भएर आगो निभिसकेको थाहा हुन आएको थियो । सभापती ज्ञवालीका अनुसार कार्यालय सङ्गै रहेको एक घरमा सिसि टिभी जडान भएको पाइएकाले सो को फुटेजका आधारमा अनुसन्धान सहज हुनेछ । प्रहरीले फुटेज लगिसकेको बताइएको छ ।

कार्यालयमा रहेका केही थान कुर्ची, ब्यानर , झण्डा र टेबुल जलेर नष्ट भएको बताइएको छ । क्षतिको प्रारम्भिक बिबरण हेर्दा करिब ६० हजार रुपैया बराबरको जिन्सी सामान जलेर नष्ट भएको छ । घटनामाथि थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव