स्याङ्जा–२ (१) बाट कांग्रेसका भोजराज अर्याल विजयी

काठमाडौं, १६ मंसिर :

स्याङ्जा निर्वाचन क्षेत्र नं. २ (१) बाट नेपाली कांग्रेसका भोजराज अर्याल विजयी हुनुभएको छ । नेकपा (एमाले) का मोहन प्रसाद रेग्मीलाई २ हजार ७३० मतान्तरले पछि पार्दै अर्याल विजयी हुनुभएको हो ।

अर्यालले १५ हजार १६१ मत ल्याउनुभयो भने उहाँको निकटम प्रतिस्पर्धी रेग्मीले १२ हजार ४३१ मत ल्याउनुभयो । रेग्मी २०७४ सालमा सोही क्षेत्रबाट ३ हजार बढी मतान्तरले निर्वाचित हुनुभएको थियो ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव