नेकपाभित्र विवाद चर्किरहेका बेला प्रधानमन्त्री ओली र नेता नेपाल बीच भेटवार्ता  

काठमाडौं, १५ बैशाख : 

सत्तारुढ दल नेकपाभित्र विवाद चर्किरहेको बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको नेता नेपाल निकट एक नेताले बताए । उनले प्रधानमन्त्री र वरिष्ठ नेता नेपालबीच के कुरा भयो भन्ने खुलाउन चाहेनन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नेपालबीच प्रधानमन्त्री ओलीलाई बजेट अघि नै प्रधानमन्त्रीबाट हटाउने तयारी शुरु गरेको समयमा भएको यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

दुवै पक्षबीच प्रधानमन्त्री ओलीबाट पार्टी तथा सरकार सञ्चालन हुन नसक्ने निष्कर्ष निकाल्दै विकल्प खोज्ने विषयमा सहमति भएको छ ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’