सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी

काठमाडौं, २१ पुस : सत्ता साझेदार दलहरूले बिहीबार सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेका छन् । यसअघि बुधबार बसेको गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम बिहीबार टुंगो लगाउने निर्णय गरेको थियो ।

सत्ता साझेदार सात दलबाट एक–एक जना प्रतिनिधि बसेर न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारिएको हो । जनतासँग सरोकार राख्ने, जनताको मन छुन सक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल र अन्य नीतिगत विषयमा केन्द्रित रहेर न्यूनतम कार्यक्रम ल्याउने तयारी सरकारले गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका अनुसार बिहीबार मस्यौदालाई अन्तिम रुप दिएर भोलि शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी भईरहेको छ ।

गत पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने भने पनि केही ढिलाइ हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते संसदबाट विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार हुनेछ ।

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय