काठमाडौं, ११ भाद्र : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद् व्यवस्थापनकाे बारेमा छलफल गर्न सर्वदली बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेले बिहीबारका लागि सर्वदलीय बैठक बोलाउनुभएकाे हाे।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक बस्ने भएकाे छ। भोटोकोशी नदीमा बुधबार आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका जिल्लामा जनधन तथा मानवीय क्षति भएको हाे ।
रास्वपाले उक्त विषयमा सबै पक्षसँग छलफल गर्दै विपद् तयारीमा एकजुट हुनका लागि बैठक बोलाएको बुझिएकाे छ।





