रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठककाे आह्वान

काठमाडौं, ११ भाद्र : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद् व्यवस्थापनकाे बारेमा छलफल गर्न सर्वदली बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेले बिहीबारका लागि सर्वदलीय बैठक बोलाउनुभएकाे हाे।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक बस्ने भएकाे छ। भोटोकोशी नदीमा बुधबार आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका जिल्लामा जनधन तथा मानवीय क्षति भएको हाे ।

रास्वपाले उक्त विषयमा सबै पक्षसँग छलफल गर्दै विपद् तयारीमा एकजुट हुनका लागि बैठक बोलाएको बुझिएकाे छ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी