पानी पर्ने क्रम कम हुने : मौसमविद्

काठमाडौं, २३ बैशाख :

पछिल्लाे केही दिनदेखि चलिरहेको पानी पर्ने क्रम बुधबारदेखि कम हुने मौसमविद्ले बताएका छन् ।

बुधबारदेखि लगातार झरी तथा हावाहुरी, मेघगर्जन र चट्याङसहित ठूलाे पानी पर्ने क्रम कम हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

तर बुधबारदेखि नै टन्टलापुर घाम लाग्ने सम्भावना भने नरहेको, छिनछिनमा बदली हुने र हल्का वर्षा भने हुन सक्ने सम्भावना रहेको पौडेलले बताउनुभयो । आज पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरैजसो ठाउँमा पानी परेको छ ।  आज देशभरिकै मौसम धुम्म रहेको र केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयाे । काठमाण्डौ उपत्यकामा बेलुकीपख सामान्य पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’