प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ आज दिँदै

काठमाडौं, ६ जेठ :

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले दिँदै छन् । संसद बैठक मंगलबार दिउँसो १२ बजेका लागि बोलाइएको छ । सोही बैठकमा प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यसूचि छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७–७८ नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । नीति तथा कार्यक्रममाथि आइतबार र सोमबार छलफल भएको थियो । नीति तथा कार्यक्रममा सातवटा संशोधन प्रस्ताव दर्ता भएको छ ।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिइसकेपछि संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रम मंगलबार नै पारित गर्ने कार्यसूचि छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा