आज रङ्गमञ्च दिवस मनाइँदै

काठमाडौं, १३ चैत :

आज विश्व रङ्गमञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सन् १९६१ मा अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्स्चिच्युटको अवधारणाअनुसार हरेक वर्षको मार्च २७ तारिखमा विश्व रङ्गमञ्च दिवस मनाउने गरिएको छ । नेपालमा पनि रङ्गकर्मीहरुले नाटक प्रस्तुतिसहितका कार्यक्रम गरेर दिवस मनाउने गरेका छन् । केही वर्षदेखि नेपालमा रङ्गमञ्चको आकर्षण बढ्दै गएको छ ।

कोभिडको समयमा अरु क्षेत्रमाजस्तै रङ्गमञ्चमा पनि असर गरेको थियो । कोभिडले थलिएको रङ्गमञ्चले फेरि लय समात्न थालेको रङ्गकर्मीहरुले बताएका छन् । पहिले काठमाण्डौमा मात्र सीमित रङ्गमञ्च अहिले काठमाण्डौ बाहिरका जिल्लामा पनि फस्टाउन थालेको छ ।

 

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय