कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आज पेश हुँदै

काठमाडौँ, १६ जेठ :
कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम शुक्रबार प्रदेशसभामा पेश गर्दैछ । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेशसभामा आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

प्रदेशसभाको बैठक दिउँसो ३ बजे बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । सरकारले आगामी असार १ मा करिब ३३ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

गत वर्षभन्दा केही घटेर बजेट ल्याउने तयारी गरिएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

उनका अनुसार आगामी बजेट विशेषगरी स्वास्थ्य र उत्पादनमा केन्द्रित गरिने छ । अघिल्लो वर्षजस्तो धेरै स्रोत समेत नभएकाले यो वर्ष सरकारले घटेर बजेट ल्याउन लागेको जनाइएको छ ।

 

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’