ए डिभिजन लिग : मनाङ र पुलिसको खेल बराबरीमा, फ्रेन्ड्सले खुमलटारलाई हरायो

काठमाडौं, २५ बैशाख : 

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेलेका छन् ।

आज सोमवार ललितपुरको च्यासल मैदानमा भएको खेलमा मनाङ र पुलिसले २–२ गोलको बराबरी खेलेका हुन् । मनाङका रोशन राना र सइद आजमलले गोल गरे भने पुलिसका अहमद हिजादीले २ गोल गरे ।

यो बराबरीसँगै मनाङ २० अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । १६ अङ्क रहेको पुलिस पुछारमा रहेका छन् ।

आजै एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबले खुमलटार फुटबल क्लबलाई हराएको छ । फ्रेन्ड्सले खुमलटारलाई ३–१ गोलले हरायो । फ्रेन्ड्सका लागि रफिक अमानुले २ र सन्तोष खत्रीले १ गोल गरे । खुमलटारका मिसुकेले १ गोल फर्काए ।

जितपछि फ्रेन्ड्स १९ अङ्कका साथ तालिकाको नवौँ स्थानमा पुगेको छ । खुमलटार १७ अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ ।

 

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी