‘शेयरपुर’ सार्वजनिक

काठमाडौं, २३ जेठ :

शेयर बजार र लगानीसम्बन्धी भोगाइ र कल्पनाका आधारमा नेपाल आर्थिक पत्रकार समाज सेजनका पूर्व अध्यक्ष नारायण सापकोटाले लेख्नुभएको ‘शेयरपुर’ नामक उपन्यास सार्वजनिक भएको छ ।

मङ्गलवार काठमाडौँमा आयोजित संक्षिप्त कार्यक्रमबीच आर्थिक पत्रकारहरूले सामूहिक रुपमा पुस्तकको विमोचन गर्नुभयो ।

लामो समय नेपालमा पत्रकारिता गर्नुभएका सापकोटा एक दशकयता अमेरिकामा बसोबास गर्दै आउनुभएको छ ।

नेपालमा छँदा शेयर बजार, वित्त र बैङ्किङ सम्बन्धी रिपोर्टिङ गर्नुभएका सापकोटाले हाल अमेरिकामा त्यहाँको सेयर बजारमा लगानी गर्नुहुन्छ ।

२६० पृष्ठ लामो उपन्यासमा उहाँले सेयर बजारमा गरिने लगानी, प्रवृत्ति, नाफारघाटा, लगानीपछि लगानीकर्ताको मनोविज्ञानका विषयलाई कथानक रूपले पुस्तकमा चर्चा गर्नुभएको छ ।

५०० रुपैयाँ मूल्य तोकिएको पुस्तकले नेपाली नयाँ पुस्तालाई नेपाली र विश्वव्यापी शेयर बजारको प्रवृत्तिबारे जानकारी दिने सापकोटाले बताउनुभयो ।

पुस्तक सेजनका पूर्व अध्यक्ष तथा बिजमाण्डु डटकमका सम्पादक विज्ञान अधिकारी, कारोबार दैनिकका सम्पादक बालकृष्ण ज्ञवाली तथा रेडियो नेपालका आर्थिक पत्रकार भुवनप्रसाद आचार्य लगायतका पत्रकारहरूले सार्वजनिक गर्नुभएको हो ।

 

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी