देशमा सुशासन छैन, दण्डहीनताले सीमा नाघ्यो : शेखर कोईराला

काठमाडौं, ४ साउन : सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले देशमा सुशासन कायम हुन नसकेको बताउनुभएको छ । बिहीबार ललितपुरमा आयोजित लाओस राईद्वारा लिखित पुस्तक राष्ट्रवाद की राष्ट्रप्रेम नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले देशमा दण्डहीनताले सीमा नाघेको बताउनुभयो । कोईरालाले राजनीतिक मुद्दा वा जुनसुकै मुद्दाहरुमा अदालतले निर्णय गरिसकेका मुद्दालाई राजनीतिक मुद्दा भनेर छुट दिने हो भने दण्डहीनताले सीमा नाघ्ने बताउनुभयो । उहाँले देशमा अहिले राष्ट्रियताको आडमा लोकरिझाँई, लोकप्रियतावादीका रुपमा नेताहरुले आफूलाई स्थापित गरिरहेको बताउनुभयो । उहाँले लोकरिझाईंको राजनीतिले देशलाई बिगारीसकेको बताउनुभयो ।

उहाँले लोकरिझाँईको राजनीति भविष्यमा देशका लागि घातक हुने बताउनुभयो । नेता कोईरालाले देशमा भ्रष्टाचार अन्त्य गर्नैपर्ने बताउनुभयो । नेता कोईरालाले नेपालमा २०६२/०६३ पछि नै दण्डहीनताका घटनाहरु बढ्दै गइरहेको उल्लेख गर्नुभयो । नक्कली भुटानी शरणार्थी, ललिता, ओम्नी, वाइडबडी लगायतका अनियमितताका प्रकरणहरु निचोडमा नपु¥याएसम्म देशको स्थिति अफ्ठ्यारो रहने बताउनुभयो ।

संबन्धित शिर्षकहरु

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरुलाई ट्रम्पको निर्देशन

भारतमा अत्यधिक गर्मीका कारण १६ जनाको ज्यान गयो, तापक्रम ४६ डिग्रीभन्दा माथि