भारतमा बाढी र पहिराे प्रभावित क्षेत्रका शैक्षिक संस्था बन्द

काठमाडौं, ५ साउन : भारतमा लगातारको वर्षापछि प्रभावित क्षेत्रमा शैक्षिक संस्था बन्द गरिएको छ । भारतका विभिन्न राज्यमा विद्यालय र अन्य शैक्षिक संस्थाहरू केही दिनका लागि बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दक्षिणी राज्य तेलङ्गाना, उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशका केही भाग र दक्षिणपश्चिम राज्य महाराष्ट्रका धेरै जिल्लामा ठूलो पानी परेपछि जनजीवन प्रभावित भएको छ । महाराष्ट्रको राइगढमा बाढी र पहिराेमा परि ज्यान गुमाउनेको सङ्ख्या १३ जना पुगेको छ । पहिरोमा परेका १२ जनाको शव निकालिएको र उद्धारमा खटिएका एक जनाको हृदयघातका कारण ज्यान गएको त्यहाँको प्रहरीले पुष्टि गरेको छ ।

राइगढ खालापुर तहसीलको इरशालवाडी गाउँमा गएको पहिरोमा परेका २२ जनाको हिजो नै उद्धार गरिएको थियो । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले मृतकका परिवारलाई पाँच लाख भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी