राष्ट्रियसभा बैठक आधा घण्टाका लागि बैठक स्थगित

काठमाडौं, ११ साउन : 

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि बैठक स्थगित भएको छ ।

राष्ट्रियसभा बैठकमा मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक २०८०’ टेबल भएको छ । राष्ट्रियसभाका सचिव सुरेन्द्र पाण्डेले विधेयक टेबुल गर्नु भएको छ ।

गत असार ३१ गते प्रतिनिधिसभाबाट पारित भएर पनि राष्ट्रियसभामा प्रवेश नपाएको विधेयक टेबल भएको हो ।

यो सँगै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबार नै बस्नेगरी आधा घण्टाका लागि बैठक स्थगित गर्नु भएको छ । राष्ट्रियसभाबाट बिहीबार नै यो विधेयक पारित गर्ने तयारी रहेको छ ।

 

संबन्धित शिर्षकहरु

प्रतिनिधि सभाको बैठक आज बस्दै: (सम्भावित-कार्यसूचीसहित)

सुनचाँदीको भाउ आज पनि घट्यो

आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम