सुनचाँदीको भाउ आज पनि घट्यो

काठमाडौं, ३० भाद्र : सुनचाँदीको भाउ आज पनि घटेको छ । सुन आज तोलामा ९०० रुपैयाँले घटेर तोलाको ३ लाख १०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तीजको दिन हिजो सोमबार पनि सुनचाँदीको भाउ घटेको थियो । सुन हिजो तोलामा १ हजार २०० रुपैयाँले घटेर तोलाको ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार भने सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेको थियो । आइतबार सुन तोलाको ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज पनि चाँदीको भाउ घटेको छ । हिजो तोलामा ४० रुपैयाँले घटेर तोलाको ४ हजार ६२० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २० रुपैयाँले घटेर तोलाको ४ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा ६० रुपैयाँले बढेर तोलाको ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।

संबन्धित शिर्षकहरु

प्रतिनिधि सभाको बैठक आज बस्दै: (सम्भावित-कार्यसूचीसहित)

सुनचाँदीको भाउ आज पनि घट्यो

आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम