आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं, ३० भाद्र : आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको मध्यमस्तरको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डौ, भक्तपुर र ललितपुरसहित ताप्लेजुङ्ग, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, तनहुँ, लम्जुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, बझाङ, बाजुरा र आसपासका जिल्ला भई बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ ।

यसअघि गएराति भक्तपुर र काठमाण्डौको सिमाना भएर बग्ने मनोहरा खोलामा बाढी आएको थियो ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी