जापानलाई हराउँदै स्विडेन महिला विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं, २६ साउन :

जापानलाई हराउँदै स्विडेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

आज शुक्रवार न्युजिल्यान्डको इडेन पार्कमा भएको क्वाटरफाइनल खेलमा सन् २०११ को च्याम्पियन जापानलाई २–१ गोलले हराउँदै स्विडेन सेमिफाइनलमा पुगेको हो । स्विडेनका लागि अमन्दा इलेस्टेड र फिलिपा एन्जेलडलले गोल गरिन् । जापानका लागि होनोका हयाशीले १ गोल फर्काइन् । जापानले खेलको ७५ औँ मिनेटमा पेनाल्टी पाए पनि गोल गर्न सकेन ।

यस्तै आज बिहान भएको पहिलो क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै स्पेन पहिलो पटक सेमिफाइनलमा पुगेको छ ।

 

संबन्धित शिर्षकहरु

प्रतिनिधि सभाको बैठक आज बस्दै: (सम्भावित-कार्यसूचीसहित)

सुनचाँदीको भाउ आज पनि घट्यो

आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम