आजदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय दिउँसो ४ बजेसम्म मात्र खुल्ने

काठमाडौं, १६ कार्तिक : देशभरका सबै सरकारी कार्यालय आजदेखि दिउँसो ४ बजेसम्म मात्र खुल्ने भएका छन् । सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सबै सरकारी कार्यालय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै खुल्नेछन् ।

यो अवधिमा शुक्रवारको दिन भने दिउँसो ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले जनाएको छ । जाडो समयमा दिन छोटो हुने भएकाले हरेक वर्ष तीन महिना कार्यालय समय एक घण्टा घटाउने गरिएको छ ।

गृह मन्त्रालयका अनुसार सरकारी कार्यालयहरू वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म भने बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछन् ।

संबन्धित शिर्षकहरु

कङ्गोमा इबोलाबाट ४ हजार ८८७ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो

एनपीएलमा आज दुई खेल, जनकपुर–काठमाडौं र कर्णाली–विराटनगर भिड्दै

तिहारमा काठमाण्डौ उपत्यकामा ५२ लाख माला खपत हुने अनुमान