भरतपुरमा क्वारेन्टाइन बाहिरका ब्यक्तिलाई कसरी लाग्यो काेराेना ?

चितवन, २७ जेठ :

चितवनकाे भरतपुरमा काेराना संक्रमणबाट आज ज्यान गुमाएका ६८ बर्षिय पुरुष भरतपुर-११ का हुन् । नारायणी सामुदायिक अस्पतालका अनुसार उनी गत शुक्रबार (जेठ २३) गते उपचारका लागि भर्ना भएका थिए । मुटु र सुगरकाे समस्याका कारण उपचारमा आएका उनलाई तत्कालै भर्ना गरियाे । थप परिक्षण गर्दा फाेक्साेमा समेत समस्या देखिएपछि उनलाई आईसियुमा राखेर उपचार थालिएको अस्पतालका निर्देशक भक्तमान श्रेष्ठले बताए ।

काेेराेेना आशङ्का भएपछि शनिबार स्वावकाे पिसिआर परिक्षण लागि पठाएकोमा साेमवार दिउसो रिपोर्ट पाेजेटिभ आयो । काेरानाे संक्रमित भएकेै कारण अस्पतालले सांझ उनलाई भरतपुर अस्पताल लग्यो । साेमबार बिहान ज्यान गयाे ।

गम्भीर बिरामीलाई उपचार नगरी सरकारीमा लगिएकोमा अहिले नारायणी सामुदायिक अस्पतालकाे आलोचना पनि भैरहेको छ । ज्यान गुमाएका यी ब्यक्ति भारतीय सेनाका अवकाश प्राप्त ब्यक्ति रहेको बुझिएको छ । तर, उनी बिगत लामाे समय देखि घरमै थिए ।

पेन्सनकाे तलव भरतपुरमा बैकबाट झिक्ने गरेका थिए । तलव लिन उनी आफै जान्थे । छिमेकीका अनुसार बिगत चारबर्षदेखि घरमै छन् । तर, उनका एकजना नातेदार गत फागुनमा कतारबाट आएका थिए । १४ दिन क्वारेन्टाइनमा बसि रिपोर्ट नेगेटिभ भएपछि घर आएका थिए ।

यता अस्पतालमा उनकाे उपचारमा लागेका स्वास्थ्यकर्मी हाल सम्म काेराेना संक्रमित नरहेको अस्पतालकाे दाबी छ । अब प्रश्न उब्जिएको छ, ज्यान गुमाएका ती पुरुषलाई कसरी काेराेना संक्रमित भयाे ? घटना बिबरणले उनलाई समुदायबाटेै संक्रमण भएको आशङ्कालाई बलियो बनाइदिएको छ ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी