चितवनमा मृत्यु भएका कोरोना संक्रमितको नारायणी किनारमा अन्त्येष्टि

Pic : Suman Gaire

चितवन, २७ जेठ :

चितवनको भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका कोरोना संक्रमित वृद्धको मंगलबार अन्त्येष्टि गरिएको छ ।

भरतपुर महानगरपालिका– ११ का ती वृद्धको देवघाट जाने सडकको बाँयातर्फ नारायणी नदी किनारको खयरघारीमा अन्त्येष्टि गरिएको हो । उनको परिवारको सल्लाह अनुसार शवलाई खाल्डो खनेर गाडिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘पहिला जलाउने भन्ने कुरा थियो, सोही अनुसार तयार पनि ग¥यौं, पछि परिवारका सदस्यको सल्लाहमा खाल्डोमा गाड्ने कुरा भयो’ चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले भने, ‘एक्साभेटर लगेर खाडल खनेर गाडेका छौं ।’ भरतपुर अस्पतालको आईसीयूबाट नेपाली सेनाको टोलीले उनको शव उठाएको थियो । शवको अन्त्येष्टिमा उनका ज्वाई सहभागी भएको जनाइएको छ ।

मृतक वृद्ध भोजाडमा छोरीज्वाईको घरमा बस्दै आएका थिए । उनका छोरा विदेशमा छन् । मुटु, मधुमेह र उच्च रक्तचापका बिरामी वृद्धलाई चारदिन अघि नारायणी सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । सोमबार साँझ भरतपुर अस्पतालको आईसीयूमा रिफर गरिएका संक्रमित वृद्धको मंगलबार विहान ७ बजे ६ मिनेट जाँदा मृत्यु भएको छ ।

उनी नेपालका चौधौ र चितवनको पहिलो कोरोना संक्रमित मृतक बनेका छन् ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’