प्रिमियर लिगमा आज लिभरपुल र म्यानचेस्टर सिटी खेल्दै

काठमाडौं, २७ फागुन : इंग्लिस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज उपाधि दाबेदारीमा रहेका लिभरपुल र म्यानचेस्टर सिटी खेल्दैछन् । यो खेल आजराति साढे ९ बजे शुरु हुनेछ ।

दोस्रो र तेस्रो स्थानमा रहेका लिभरपुल र म्यानचेस्टर सिटीको समान २७ खेलमा ६३ र ६२ अङ्क रहेको छ । आज लिभरपुलले जितेमा २८ खेलमा ६६ अङ्कका साथ शीर्ष र सिटीले जितेमा ६५ अङ्कका साथ शीर्ष स्थानमा पुग्नेछ ।

बराबरी भएमा भने आर्सनल नै शीर्ष स्थानमा रहनेछ । गएराति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई हराउँदै अङ्कतालिकाको शीर्ष स्थानमा पुगेको छ । आर्सनलको २८ खेलमा ६४ अङ्क छ । आजै एस्टनभिल्ला र टोटनहम, वेस्ट ह्याम र बर्नली तथा ब्राइटन र नटिङघम फरेस्टबीच पनि खेल हुनेछ ।

संबन्धित शिर्षकहरु

भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून