इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले टोटनहमलाई हरायो

काठमाडौं, ४ चैत्र : इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले टोटनहमलाई हराएको छ । टोटनहमलाई घरेलु टोली फुलहमले ३–० गोलले हराएको हो । गएराति भएको खेलमा फुलहमका रोड्रिगो मुनिजले दुई र सासा लुकिकले एक गोल गरे ।

जितसँगै फुलहम २९ खेलबाट ३८ अङ्क सहित तालिकाको १२ औं स्थानमा छ । २८ खेलमा ५३ अङ्क रहेको टोटनहम पाचौँ स्थानमा छ । फुलहमसँगको हारले टोटनहमले चौथो स्थानमा उक्लने मौका गुमाएको छ । प्रिमियर लिगकै अर्काे खेलमा बर्नलीले ब्रेन्टफर्डलाई २–१ गोलले पराजित गरेको छ ।

यस्तै लुटन टाउन र नटिङ्हम फरेस्टले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

संबन्धित शिर्षकहरु

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरुलाई ट्रम्पको निर्देशन

भारतमा अत्यधिक गर्मीका कारण १६ जनाको ज्यान गयो, तापक्रम ४६ डिग्रीभन्दा माथि