पहाडी भेगका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं, २६ चैत्र : आज पहाडी क्षेत्रको एक–दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाका मौसमविद सरोज पुडासैनीका अनुसार कोशी र मधेश प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना छ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकोे महाशाखाले जनाएको छ ।

संबन्धित शिर्षकहरु

प्रतिनिधि सभाको बैठक आज बस्दै: (सम्भावित-कार्यसूचीसहित)

सुनचाँदीको भाउ आज पनि घट्यो

आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम