कांग्रेसले सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने

काठमाडौं, १ जेष्ठ : नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने भएको छ । आज सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने र त्यसपछि आफ्नो माग पूरा नभएसम्म अवरोध कायमै राख्ने निष्कर्ष निकालेको छ । बैठकअघि बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेताहरुबीच बालुवाटारमा छलफल भएको थियो ।

अवरुद्ध संसद खुलाउने विषयमा छलफल केन्द्रित थियो । छलफलमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रमका लागि सहज वातावरण बनाइदिन सहयोगका लागि आग्रह गरेको नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

कांग्रेसले लामो समयदेखि सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको छ । त्यस्तै कांग्रेसले संसद्मा गिरीबन्धु टी स्टेटको जग्गासम्बन्धी विषय पनि उठाउने भएको छ । सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै कांग्रेसले यो प्रकरणमा संलग्न तत्कालीन सरकारका जिम्मेवार अधिकारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग अघि सार्ने भएको हो ।

सर्वोच्च अदालतले झापाको गिरीबन्धु टी स्टेटको स्वामित्वमा रहेको जग्गा हदबन्दीभन्दा बढी सट्टाभर्ना गर्न रोक लगाएको छ ।

संबन्धित शिर्षकहरु

कङ्गोमा इबोलाबाट ४ हजार ८८७ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो

एनपीएलमा आज दुई खेल, जनकपुर–काठमाडौं र कर्णाली–विराटनगर भिड्दै

तिहारमा काठमाण्डौ उपत्यकामा ५२ लाख माला खपत हुने अनुमान