संसद् बैठकअघि दलहरू छलफलमा

काठमाडौं, ११ जेष्ठ : प्रतिनिधि सभाको बैठकअघि दलहरू छलफलमा व्यस्त छन् । सहकारीकाे रकम हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक बिहानदेखि बसिरहेको छ । यसअघि हिजो बसेको कार्यदलको बैठकमा सहमति जुट्न सकेको थिएन । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम किटान गर्ने विषयमा सहमति नजुट्दा कार्यदलको बैठक निष्कर्षविहीन हुँदै आएको छ ।

कांग्रेसले नाम किटान गर्नुपर्ने र सत्तपक्षले किटान गर्न नहुने अडान लिँदै आएका छन् । यस्तै कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक पनि अहिले बसिरहेको छ । विपक्षी दलले सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै आएका छन् । संसदीय छानबिन समितिको कार्यादेश बनाउन सत्ता पक्ष र कांग्रेसको कार्यदल बने पनि सहमति जुट्न सकेको छैन । प्रतिनिधि सभामा आज नीति तथा कार्यक्रममा माथि छलफल हुने कार्यसूची छ ।

सहमति नभए अवरोधकैबीच नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गर्ने सरकारको तयारी छ । संसद्को गतिरोध अन्त्य गर्ने विषयमा आजै बिहान राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पनि राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्रीले संसद्को गतिरोध अन्त्यका लागि आफू क्रियाशील रहेको जानकारी दिनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

संबन्धित शिर्षकहरु

कङ्गोमा इबोलाबाट ४ हजार ८८७ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो

एनपीएलमा आज दुई खेल, जनकपुर–काठमाडौं र कर्णाली–विराटनगर भिड्दै

तिहारमा काठमाण्डौ उपत्यकामा ५२ लाख माला खपत हुने अनुमान