स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडको विजयी सुरुआत

काठमाडौं, १ असार :
कोरोना महामारीले रोकिएको स्पेनिस ला लिगा फुटबल पुनस् सुरु हुँदा आइतबार राति रियल मड्रिडले विजयी सुरुआत गरेको छ । प्रशिक्षक जिनेदिन जिदानले क्लबका लागि २००औं खेलमा प्रशिक्षकत्व निभाएको दिन रियलले इबरलाई ३-१ ले पराजित गरेको हो ।

योसँगै रियलले शीर्षस्थानको बार्सिलोनासँगको दूरी २ अंकमा छोट्याएको छ। रियलले २८ खेलबाट ५९ अंक जोडेको छ। त्यतिनै खेलबाट शीर्षमा रहेको बार्सिलोनाको ६१ अंक छ। बेर्नाबेउ स्टेडियम पुर्नस् निर्माण भईरहेकाले रियलले आफ्ना बाँकी घरेलु खेलहरु ट्रेनिङ मैदान इस्टाडियो अल्फिडो मैदानमा खेलिरहेको छ।

टोनी क्रुसले चौथो मिनेटमा नै रियललाई अग्रता दिलाएका थिए। पहिलो हाफ अघि नै सर्जियो रोमास र मार्सेलोले थप २ गोल गरे। इबरका लागि ६०औं मिनेटमा पेड्रो बिगासले एक गोल फर्काए। दोस्रोपल्ट क्लबको प्रशिक्षकत्व सम्हाल्न आएका जिदान २ सय खेलमा प्रशिकत्व सम्हाल्ने रियलका तेस्रो प्रशिक्षक हुन।

रियलमा रहँदा उनले क्लबलाई १० उपाधि दिलाइसकेका छन।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’