मौद्रिक नीति भाेलि सार्वजनिक गर्ने तयारी, घरजग्गा र शेयर कारोबारमा लचिलो बन्ने सङ्केत

काठमाडौं, ३ साउन : नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति भोलि सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीतिको अन्तिम मस्यौदा पनि तयार भइसकेको र हेर्नैपर्ने केही विषयमा छलफल भइरहेको राष्ट्र बैंक स्रोतले जनाएको छ । आजै राष्ट्र बैंकको व्यवस्थापन समिति बैठक बसेर मस्यौदा टुङ्ग्याउने र भोलि बिहान बस्ने सञ्चालक समितिको बैठकले मौद्रिक नीति अनुमोदन गर्ने तयारी छ ।

भोलि बिहान अनुमोदन हुने नीति दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ । यसबारेमा गभर्नर महाप्रसाद अधिकारीले अस्ति नै अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरिसक्नुभएको छ । अर्थमन्त्रीको चाहनाअनुसार राष्ट्र बैंकले यसपटक लचिलो मौद्रिक ल्याउने तयारी गरेको पनि स्रोतले जनाएको छ । विशेष गरेर घरजग्गा कारोबार, शेयर कारोबार र बैंकको कर्जा तिर्नका लागि लचिलो मौद्रिक नीति आउने गरी मस्यौदा तयार भएको छ । यस्तै निर्माण क्षेत्र र खुद्रा क्षेत्रमा कर्जा बढाउने गरी राष्ट्र बैंकले योजना बनाइरहेको छ ।

अहिले ब्याजदर धेरै नै घटिसकेकाले कर्जा विस्तारमा जोड दिने तयारी छ । बजारमा भइरहेको माग र अपेक्षालाई बेवास्ता गर्दा अर्थतन्त्रमा समस्या देखिएको विषयलाई स्वीकार गरेर बजारको केही माग पूरा गर्ने गरी मौद्रिक नीतिको मस्यौदा बनेको राष्ट्र बैंक स्रोतले उज्यालोलाई जानकारी दिएको छ ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी