सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो

काठमाडौं, ११ पुस : आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजोजस्तै तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

संबन्धित शिर्षकहरु

‘मेटा’ले ठूलो संख्यामा कर्मचारी कटौती गर्दै

अदालतको फैसलाले पार्टीलाई एकताबद्ध र साझा यात्राका लागि वातावरण सिर्जना गर्‍याे : सभापति थापा

आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले आज अमेरिकासँग खेल्दै