जर्मनीमा कन्जरभेटिभ सीडीयू/सीएसयू पार्टीले चुनाव जित्यो

काठमाडौं, १२ फागुन : जर्मनीमा क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) र क्रिश्चियन सोसल युनियन (सीएसयू) का भ्रातृ दल कन्जरभेटिभ सीडीयू/सीएसयू पार्टीले २८ दशमलव ६ प्रतिशत मत ल्याएर चुनाव जितेको छ । हिजो भएको चुनावको मतगणना सकिएसँगै अल्टरनेटिभ फर जर्मनी (एएफडी) दोस्रो, सोसल डेमोक्याट (एसपीडी) तेस्रो र ग्रीन्स चौथो स्थानमा रहेको नतिजा सार्वजनिक भएको बीबीसीले पुष्टि गरेको छ ।

मत परिणामसँगै कन्जरभेटिभ नेता फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने पक्का भएको छ । सन् २०२४ को अन्तमा तीन दलीय गठबन्धन भङ्ग भएसँगै जर्मनीमा नयाँ सङ्घीय सरकारका लागि लाखौँ नागरिकले हिजो मतदान गरका हुन् । जर्मनीको संसद्को तल्लो सदन बुन्डेसटागको मतदान भएको हो । नियमित समयअनुसार आउँदो सेप्टेम्बरमा चुनाव हुनुपर्ने भए पनि गएको वर्ष सोसल डेमोक्रेटिक पार्टी (एसपीडी), ग्रीन्स र फ्री डेमोक्र्याटिक पार्टीको सत्तारूढ गठबन्धन भत्किएपछि निर्धारित समयभन्दा अघि नै मध्यावधि चुनाव भएको हो । जर्मनीको तल्लो सदन ६ सय ३० सदस्यीय छ । ५ करोड ९२ लाख मतदाता छन् ।

खस्कँदो अर्थतन्त्र र आप्रवासनलाई दोष दिएको सुरक्षा चिन्ता जर्मनीका अहिलेका मुख्य समस्या हुन् । दलहरूले यिनै विषयलाई मुद्दा बनाएका छन् । विश्वमञ्चमा पनि जर्मनीले महत्त्वपूर्ण निर्णयहरू लिने भएका कारण चुनावलाई अमेरिका र युरोपले चासोका साथ हेरेका छन् । जर्मनी युक्रेनमा अमेरिकापछि दोस्रो धेरै सैन्य सहयोग गर्ने देश हो ।

संबन्धित शिर्षकहरु

तिहारमा काठमाण्डौ उपत्यकामा ५२ लाख माला खपत हुने अनुमान

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह