कोरला नाकाबाट ३ अर्ब बढी राजस्व सङ्कलन

काठमाडौं, २१ कार्तिक :  मुस्ताङ भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा तीन अर्व दुई करोड ७३ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार प्रमुख रमेश खड्काका अनुसार गएको तीन महिनामा एक हजार चार सय ९८ वटा विद्युतीय गाडीका साथै ६ सय ७१ वटा मालबाहक कन्टेनरबाट सामान आयात भएको छ ।

यो नाकाबाट २८ वटा मालबाहक गाडीले स्वदेशी उत्पादन चीनको स्वशासित क्षेत्र सिजाङ पुर्याएका छन् । बाढीपहिरोले तातोपानी र रसुवागढी नाका अवरुद्ध भएपछि कोरला नाकाबाट चीनसँगको मुलुकको आयात निर्यात जारी छ । -रासस

संबन्धित शिर्षकहरु

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरुलाई ट्रम्पको निर्देशन

भारतमा अत्यधिक गर्मीका कारण १६ जनाको ज्यान गयो, तापक्रम ४६ डिग्रीभन्दा माथि