पाकिस्तानको राष्ट्रिय क्रिकेट टोली इंग्ल्याण्ड प्रस्थान

काठमाडौं, १४ असार :

पाकिस्तानको राष्ट्रिय क्रिकेट टोली इंग्ल्याण्ड प्रस्थान गरेको छ । कोरोना भाइरसको महामारीकै बीच इंग्ल्याण्डसँग क्रिकेट श्रृङ्खला खेल्नका लागि पाकिस्तानी टोली त्यसतर्फ गएको हो ।

इंग्ल्याण्ड पुगेपछि पाकिस्तानी टोली आजदेखि १४ दिन आइसोलेसनमा बस्नेछ । कोरोनाबाट केही खेलाडी सङ्क्रमित भए पनि पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएका २० खेलाडीहरुको समूह भ्रमणमा निस्किएको हो ।

अजहर अलीको कप्तानीमा रहेको टोलीको उपकप्तान बाबर आजम रहेका छन् । पाकिस्तानले इंग्ल्याण्डसँग ३ वटा टेस्ट र ट्वेन्टी ट्वेन्टी खेलको श्रृङ्खला खेल्दैछ ।

दुई टोलीबीचको टेस्ट श्रृङ्खला जुलाई ३० मा सुरु हुनेछ भने टी–ट्वेन्टी श्रृङ्खला अगष्ट २९ देखि सेप्टेम्बर २ सम्म हुनेछ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा