सुनको भाउ आज तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

काठमाडौं, ८ बैशाख : आज सुनको भाउ बढेको छ । सुनको भाउ आज तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो । हिजो तोलाको दुई लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको भाउ घटेको छ । चाँदी तोलामा ३० रुपैयाँले घटेको हो । हिजो तोलाको पाँच हजार १९० रुपैयाँ रहेको चाँदी आज तोलाको पाँच हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

संबन्धित शिर्षकहरु

प्रधानमन्त्री शाहले गृहमन्त्री गुरूङसँग लिए लिखित स्पष्टीकरण

सुनको भाउ आज तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना शुरू