काठमाडौं, ८ बैशाख : प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री सुदन गुरूङसँग लिखित स्पष्टीकरण लिनुभएकाे छ। सम्पत्ति विवरणमा सेयर खरिदको विवरण लुकाएको र सम्पत्ति शुद्धीकरणको अभियोगमा हाल प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग ‘कनेक्सन’ जोडिएको भन्दै प्रश्न गृहमन्त्री गुरूङमाथि उठेको हाे । गृहमन्त्री गुरूङले आफूले ऋण लिएर सेयर खरिद गरेको भन्दै स्पष्टीकरण दिनुभएकाे छ ।
प्रधानमन्त्री शाहको पनि यसकाे बारेमा ध्यानाकर्षण भएको गृहमन्त्रीको सचिवालयले जनाएकाे हाे । गृहमन्त्री गुरूङको सचिवालयले पनि प्रधानमन्त्री शाहलाई यसकाे बारेमा लिखित स्पष्टीकरण बुझाएको बताएको छ। गृहमन्त्रीको सचिवालयले गृहमन्त्री गुरूङले सोमबार साँझ ६ बजे लिखित स्पष्टीकरण बुझाएकाे जनाएकाे हाे ।





