आज पनि सुनचाँदीको भाउ बढ्यो

काठमाडौं, १४ बैशाख : आज पनि सुनचाँदीको भाउ बढेको छ । हिजोको तुलनामा आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेकोमा आज १३ सय रुपैयाँले बढेर तोलामा ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको हो ।

साथै चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ । हिजो ४ हजार ९ सय ९५ मा कारोबार भएको चाँदीको भाउ आज ५० रुपैयाँले बढेर तोलाको ५ हजार ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी