बङ्गलादेशमा डुङ्गा दुर्घटना २३ को मृत्यु

ढाका, १५ असार :

बङ्गलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार विहान भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ ।

सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा अन्य कैयौ बेपत्ता भएका उद्धारकर्ताहरुले जानकारी दिएका छन् ।

यस दुर्घटनामा परेका २३ व्यक्तिको शव जलक्षेत्रबाट बाहिर निकालिएको सरकारी अधिकारी इनायट हुसेनले जानकारी दिनुभएको छ ।

दुर्घटनामा परेको डुङ्गामा ५० व्यक्ति सवार रहेका अनुमान गरिएको पनि हुसेनले बताउनु भएको छ । उद्धारकार्य जारी रहेको बताइएको छ । (रासस -एएफपी)

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी