मेक्सिको ४० वर्षपछि क्वार्टरफाइनलमा, इक्वेडर बाहिरियो

काठमाडौं, १७ असार : फिफा विश्वकप फुटबलमा आज बिहान र गए राति भएको खेलमा जित निकाल्दै मेक्सिको, फ्रान्स र नर्वे अन्तिम १६ मा पुगेका छन् । यो विश्वकपको सहआयोजक मेक्सिकोले इक्वेडरलाई २ गोलले हराउँदै ४० वर्षपछि नकआउट चरण पार गरेको छ ।

मेक्सिको सिटीमा आज बिहान भएको खेलमा घरेलु टोलीका लागि राउल जिमेनेज र जुलियन क्विनोनेसले गोल गरे । यसअघि मेक्सिकोले सन् १९८६ यता कुनै पनि नकआउट खेल जित्न सकेको थिएन । इक्वेडर पराजित हुँदै बाहिरिएको छ । आज बिहान भएको अर्को खेलमा फ्रान्सले स्विडेनलाई ३ गोलले हराउँदा गए राति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गरेको हो ।

अब नर्वेले अन्तिम १६ मा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै फ्रान्सले अन्तिम १६ मा पाराग्वेसँग खेल्नेछ । विश्वकप फुटबलमा आज राति पौने १० बजे इङ्गल्यान्ड र कङ्गो पौने २ बजे बेल्जियम र सेनेगल अनि बिहान पौने ६ बजे अमेरिका र बोस्निया एण्ड हर्जगोभिनाले खेल्दैछन् ।

संबन्धित शिर्षकहरु

मेक्सिको ४० वर्षपछि क्वार्टरफाइनलमा, इक्वेडर बाहिरियो

फ्रान्स र नर्वे विश्वकप फुटबलको अन्तिम १६ मा

लेबनानमा इजरायली आक्रमणपछि हर्मुज जलमार्ग बन्द गरेको इरानको भनाइ