हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

काठमाडौं, ११ भाद्र :  हाइटीको राजधानी पोर्ट-ओ-प्रिन्सनजिकैको केन्सकोफ सहरमा आपराधिक गिरोहले गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या ४७ जना पुगेको छ । संयुक्त राष्ट्रसंघ (यूएन)ले घटनामा ५० भन्दा बढी मानिस अपहरणमा परेकाे जनाएकाे हाे ।

अन्य २२ जना गम्भीर घाइते भएका छन् । यो घटना एक दशक भन्दा बढी समयपछि पहिलोपटक आमनिर्वाचन गराउने तयारी भइरहेको हाइटीमा पछिल्ला वर्षहरूमा भएका ठूला सामूहिक अपहरणका घटनामध्ये एक मानिएको अलजजिराले जनाएको हाे ।

नगरप्रमुख मासिलोनले आक्रमणमा ‘भिभ आन्साम’ नामक समूह संलग्न रहेको आरोप लगाउनुभएकाे छ। उक्त समूहलाई अमेरिकाले गत वर्ष ‘विदेशी आतंककारी संगठन’को सूचीमा राखेको थियो । एजेन्सी ।

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय