प्रिमियर लिगमा लिड्सले न्यूक्यासललाई ४–१ गोलले हरायो

काठमाडौं, ३० भाद्र : ईंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले न्यूक्यासल युनाइटेडलाई ४–१ ले पराजित गरेको छ । घरेलु मैदान इल्यान्ड रोडमा आज बिहान भएको खेलमा लिड्सले न्यूक्यासललाई सहजै हराएको हो ।

लिड्सले एक गोल उपहार पाएको थियो । न्यूक्यासलका लुइस माइलीले खेलको ३२ औं मिनेटमा आफ्नै पोष्टमा गोल गरे । त्यसपछि ३४ औं मिनेटमा जेडेन बोगलले गोल गर्दै लिड्सको अग्रता दोब्बर बनाए । डोमिनिक काल्भर्ट–लेविनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि लिड्सले ३ गोलको अग्रता बनायो ।

दोस्रो हाफमा नोआ ओकाफोरले अर्को गोल थपे । न्यूक्यासलका बाजुमाना टुरेले ९०औं मिनेटमा सान्त्वना गोल फर्काए । यो जितसँगै लिड्स लिगमा अपराजित रहँदै ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको आर्सनल र दोस्रोमा रहेको म्यानचेस्टर सिटीको समान १२ अंक छ । न्यूक्यासल १२औं स्थानमा छ ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी