गण्डकीदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा

काठमाडौं, २ असोज : गएराति गण्डकीदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ । पछिल्लो ६ घण्टामा तनहुँमा ६८ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै गोरखा, लमजुङ, सुनसरी र झापा लगायतका ठाउँमा पनि ठूलो वर्षा भएको मौसम महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा पनि गएराति हल्कादेखि मध्यम वर्षा भएको छ ।

महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यसैबीच पृथ्वीराजमार्ग अन्तर्गत धादिङको मझिमटारमा हिलोका कारण अवरुद्ध सडक खुलेको छ ।

गएरातिको वर्षाका कारण सडकमा हिलो जम्दा राति गाडी चल्न सकेका थिएनन् । आज बिहानदेखि हिलो पन्छाएपछि सडकमा दुईतर्फी गाडी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

गण्डकीदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा

इरानी प्रतिनिधिलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने