चितवनको इच्छाकामना आधारभूत अस्पतालको भवन उद्घाटन

चितवन, २५ असोज : चितवनको इच्छाकामना गाउँपालिका–कुरिनटारमा निर्माण सम्पन्न इच्छाकामना आधारभूत अस्पताल भवनको उद्घाटन गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले अस्पताल भवनको उद्घाटन गरेका हुन् ।

इच्छाकामना गाउँपालिकाको स्थापनापछिको सबैभन्दा ठूलो लगानीका परियोजनामध्ये एक मानिएको अस्पताल भवन निर्माणमा १९ करोड रुपैयाँ खर्च भएको इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए ।

अस्पताल सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले आफ्नै पालिकामा आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ ।  हाल अस्पतालमा आठौँ तहका मेडिकल अधिकृतको नेतृत्वमा थप दुई मेडिकल अधिकृतसहित ३० जना जनशक्ति कार्यरत छन् ।

अस्पतालबाट २४ सैँ घण्टा आकस्मिक सेवा, प्रसूति सेवा, एम्बुलेन्स सेवा, बहिरङ्ग (ओपीडी), प्रयोगशाला, एक्स–रे, अल्ट्रासाउन्ड तथा फार्मेसीलगायत १५ भन्दा बढी प्रकारका सेवा उपलब्ध हुँदै आएको मेडिकल सुपरिटेण्डेण्ट अभिशेख लिम्बुले जानकारी दिए ।

 

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी