पूर्वसभामुख महराविरुद्धको मुद्दामा आज फैसला सुनाउँदै

काठमाडौं, ५ फागुन :

पूर्वसभामुख कृष्ण बहादुर महरा विरुद्धको ‘बलात्कार सम्वन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले आज फैसला सुनाउँदैछ । न्यायाधीश अम्बरराज पौडेलको इजलासमा हिजो मुद्दाको सुनुवाई सकिएपनि फैसला टाइपिङको लागि समय अभाव भएको भन्दै ‘हेर्दाहेदै’मा राखिएको थियो । महराको तर्फबाट रमण श्रेष्ठ, शेर बहादुर केसी, लभ मैनाली, दिनमणी पोखरेल भिर्माजुन आचार्य, तथा सरकारी पक्षबाट उमाकान्त खनाल लगायत वकिलले बहस गरेका थिए । संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई ‘बलात्कार प्रयास’ गरेको आरोप लागेपछि उनले गत असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए । काठमाडौको बालुवाटारस्थित सभामुख निवासबाटै गत असोज १९ गते पक्राउ परेका महरा हाल डिल्लीबजार कारागारमा छन् ।

संबन्धित शिर्षकहरु

कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै

एन्फा अध्यक्ष नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक