आइतबार खाडी र मलेसियाबाट विभिन्न पाँच उडानमार्फत नेपाली फर्कंदै

काठमाडौं, २१ असार :
आज खाडीका देश र मलेसियाबाट विभिन्न पाँच उडानमार्फत त्यहाँ समस्यामा परेका नेपाली स्वदेश फर्कने भएका छन् । कोरोना महामारीका कारण उडान बन्दा हुँदा विभिन्न कारणले समस्यामा परेका नेपालीहरु चार्टर्ड उडानमार्फत स्वदेश फर्कन लागेका हुन् ।

आज कतारको दोहाबाट दुई उडानमार्फत नेपालीहरु स्वदेश फर्कंदैछन् । नेपाली लिएर हिमालय र नेपाल एअरलाइन्स कतारबाट नेपालका लागि उडिसकेको छ भने यूएईबाट पनि आज दुई उडानमार्फत नेपालीहरु स्वदेश फर्कंदै छन् ।

दुबईबाट नेपाल एअरलाइन्स र आबुधाबीबाट हिमालय एअरलाइन्सले नेपाली लिएर आउँदैछन् भने कुवेतबाट पनि आममाफीमा सहभागी नेपाली लिएर जजिरा एअर नेपाल आउँदैछ ।

यस्तै आज नेपाली लिन चार देशमा जहाजहरु जाँदैछन् । नेपाल एअरलाइन्स साउदीको दमाम र बहराइन जाँदैछ भने हिमालय एअरलाइन्स मलेसियाको क्लालाम्पुर र कुवेत जाँदैछ ।

हिजो छ उडानमार्फत विभिन्न देशबाट ९२८ जना स्वदेश आइपुगेका छन् । हिजो नेपाली लिएर आएका जहाजले साउदीबाट सात र मलेसियाबाट ३ वटा शव पनि ल्याएको छ ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’