देशभर अझै केही दिन लगातार बर्षा हुने, पहिरो र डुबानको खतरा

काठमाडौँ, २८ असार :

जल तथा मौसम विज्ञान विभागले देशभर अझै केही दिन लगातार वर्षाको संभावना रहेकोले सतर्क रहन आव्हान गरेको छ ।

वर्षाका कारण नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने तथा डुबान हुने भन्दै सतर्क रहन आग्रह गरेको हो । वर्षाका कारण सडक तथा हवाई यातायात सेवासमेत प्रभावित हुने भन्दै आवश्यक सतर्कता अपनाउन विभागले सबैसमक्ष आग्रह गरेको छ ।

प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशमा तुलनात्मक रुपमा बढी वर्षाको सम्भावना रहेकोे छ । मौसमविद्हरुका अनुसार निरन्तरको वर्षाले माटो गलिसकको हुँदा अब ठूलो वर्षा नभएपनि पहिरोको खतरा बढेको छ । आज देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हुँदा नदीजन्य प्रकोपका घटनाहरु हुनसक्छन् ।

संबन्धित शिर्षकहरु

भारतमा अत्यधिक गर्मीका कारण १६ जनाको ज्यान गयो, तापक्रम ४६ डिग्रीभन्दा माथि

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

मदन–आश्रितप्रति दासढुङ्गामै पुगेर श्रद्धाञ्जली अर्पण