फरार प्रतिवादी पक्राउ

उदयपुर, ३ साउन  :

एक स्थानीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत उदयपुरबाट पाँच वर्ष दण्ड सजाय पाएका फरार एक प्रतिवादीलाई शुक्रबार जिल्ला प्रहरी कार्यलयले पक्राउ गरेको छ । प्रहरीका अनुसार छ वर्षदेखि फरार रहँदै आएका उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेका ३३ वर्षीय देव राई रहेका छन् ।

जिप्रकाका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीका अनुसार राईले छ वर्षअघि एक स्थानीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतबाट पाँच वर्षको जेलसजाय पाएका थिए । गोप्य सूचनाका आधारमा उनलाई शुक्रबार नगरपालिकाबाट पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ गरिएका फरार प्रतिवादी राईलाई शुक्रबारै जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।(रासस)

संबन्धित शिर्षकहरु

‘मेटा’ले ठूलो संख्यामा कर्मचारी कटौती गर्दै

अदालतको फैसलाले पार्टीलाई एकताबद्ध र साझा यात्राका लागि वातावरण सिर्जना गर्‍याे : सभापति थापा

आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले आज अमेरिकासँग खेल्दै