काठमाडौं, ९ फागुन :
सुनको मूल्य तोलामा ८ सय रूपैयाँ बढेको छ। आज छापावाल सुन प्रतितोला प्रतितोला ८ सयले बढेर ८९ हजार रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । शुक्रबार ८८ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन पनि सोही दरमा बढेर प्रतितोला ८८ हजार ५ सय ५० रूपैयाँ पुगेको छ । चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँ बढेर १ हजार ३ सय ३० रूपैयाँ पुगेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।





