प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक बस्दै

काठमाडौँ, १२ फागुन :

सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेपछि प्रचण्ड–माधव समूहको नेकपाले आज संसदीय दलको बैठक बोलाएको छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे बस्ने नेतृ पम्फा भुषालले जानकारी दिइन । बैठकले संसदमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने उनले बताइन् । यो समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयमा गत पुस ५ गते नै अविश्वासको प्रस्ताव दर्ता गराइसकेको छ ।

अविश्वासको प्रस्ताव दर्ता भएपनि काँग्रेसले सहयोग नगरेसम्म पास हुने अवस्था छैन । अहिलेको अविश्वास प्रस्तावमा अध्यक्ष प्रचण्डलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिएको छ । यसो हुँदा कांग्रेसले साथ दिन नसक्ने भएकाले यसलाई फिर्ता लिएर काँग्रेससँगको सहमतिमा अर्को अविश्वास प्रस्ताव लैजाने विकल्पमा पनि नेकपाले छलफल गर्न सक्ने बुझिएको छ ।

प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक ठहर गरेको सर्वोच्चले १३ दिन भित्र संसद बैठक बोलाउन पनि आदेश दिएको छ ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी