महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरुवात

काठमाडौं, २० जेष्ठ :

नेपालले आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा विजयी सुरुवात गरेको छ । मलेसियाको यूकेएम ओभलमा शुक्रबार कतारलाई ७९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।

जितको लागि ११८ रनको विजयी लक्ष्य पछ्याएको कतारले १५ ओभर ४ बलमा अलआउट हुँदै ३८ रन मात्र बनायो । कतारकी कप्तान साची धड्वाल र श्रुतिबेन रानाले १४/१४ रन बनाए । अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालकी सृष्टि जैशीले ३ तथा अनु कडायत, कृतिका मरासिनी र स्नेहा महराले २/२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो । नेपालका लागि आश्मा पुलामी मगरले अविजित ३२, सृष्टि जैशीले अविजित २३, सानु राजवंशीले २१ र अन्जली विश्वकर्माले ११ बनाए । कतारकी साची ढड्वाल र अलिना खानले १/१ विकेट लिए ।

अब नेपालले दोस्रो खेलमा युएईविरुद्ध भोलि शनिबार खेल्नेछ छ । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष स्थानमा रहने टोलीले आगामी वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू–१९ टी–ट्वान्टी महिला विश्वकप खेल्न पाउनेछ ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी